काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । सर्वेक्षण सार्वजनिक गर्दै डा. खतिवडाले चालु आर्थिक वर्षमा ७ प्रतिशतकको आर्थिक वृद्धिदर हालिस हुने बताएका छन् ।
मूल्य वृद्धि भने औसतमा ४.२५ सीमित हुने पनि उनले संसद्लाई अवगत गराए । सरकारले जेठ १५ गते बुधबार नयाँ बजेट प्रस्तुत गर्ने भएको छ । मुलुकमा स्थायी सरकार आएसँगै लगानी वातावरण बनिरहेको अर्थमन्त्री खतिवडाले संसदमा जानकारी गराए ।
अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा अर्थतन्त्रका समग्र परिसूचकहरु सकारात्मक रहेको बताए । सरकारले द्रुत आर्थिक विकासका लागि काम गरिरहेको र आन्तरिक तथा बाह्य पुँजी परिचालन गरेर दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने सरकारले लक्ष्य लिएको अर्थमन्त्रीले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६