काठमाडौं : सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ५९ हजार ६ सय रुपैंयाले कारोबार भइरहेको छ ।
आइतबार तोलाको ५९ हजार ७ सय रुपैयाँ पर्ने सुनको मूल्य आज भने १ सय घटेर सो रकम कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको कारोवारमा पनि घटबढ भएको छ । आइतवार तोलाको ५९ हजार ४ सयमा भएको कारोवार आज भने १ सय घटेर ५९ हजार ३ सयले कारोबार भइरहेको हो ।
चाँदीको मूल्य भने यथावथ रहेको जनाइएको छ । आज चाँदीको तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६