काठमाडौं : आइतवार नेप्से दोहोरो अंकले घटेको छ । सबै समूहको उपसूचक रातो देखिएपछि पूँजी बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।
सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ११ दशमलव ९३ अंकले घटेको हो। आइतबार १ सय ६५ वटा कम्पनीको २ लाख ५४ हजार २ सय ८६ कित्ता सेयर ९ हजार २ सय ९४ पटक किनबेच हुँदा ६२ करोड ६२ लाख १ हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बिमा कम्पनीको उपसूचक ३८ दशमलव ०१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ४ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख ४३ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ।
त्यसैगरी, आइतबार सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आइएमई लघुवित्त संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रो पावरका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६