काठमाडौं : नेपाल राष्ट्र बैंकले १८ अर्ब ९५ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमबार चार भिन्न किसिमका १८ अर्ब ९५ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार ३ बजे हुने छ ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार, २८ दिनको लागि जारी हुन लागेको ३ अर्ब २५ करोडको ट्रेजरी बिल २०७६ असार १० गते , ९१ दिनको लागि जारी हुन लागेको ५ अर्ब २३ करोडको बिल २०७६ भदौँ १० गते, १ सय ८२ दिनको लागि जारी हुन लागेको ६ अर्ब ४७ करोडको बिल २०७६ मंसिर १० गते र ३ सय ६४ दिनको लागि जारी हुन लागेको ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ जेठ १३ गते परिपक्व हुने छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६