काठमाडाैं : आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ५९ हजार ७ सय रुपैंयाले कारोबार भइरहेको छ ।
शुक्रवार तोलाको ५९ हजार ७ सय रुपैयाँले भइरहेको सुनको कारोबार आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य भने तोलाको ५९ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य पनि शुक्रबारकै कायम भएकाे हाे ।
चाँदी भने तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६