काठमाडाैं : ठगी मुद्दामा फरार उदयपुर हडीया-१ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३५ वर्षीय दिलिप कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतको २०६९ कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार २ सय ६५ रुपैयाँ जरिवान र १ वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले ईटहरी, सुनसरीबाट पक्राउ गरेको हो ।
२०६६ सालदेखी काठमाडौं बनस्थलीस्थित आधुनिक बहुउदेश्यीय सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत रहेका चौधरीले आर्थिक बर्ष २०६७-६८ मा पटक पटक गरी संस्थामा जम्मा हुन आएको उक्त रकम बैंकमा जम्मा गरेको छु भनी संस्थाको स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाई रकम ठगी गरेका थिए ।
पक्राउ चौधरीलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि शुक्रबार कारागार कार्यालय झुम्का पठाइएको जनाइएकाे छ ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६