काठमाडौं : नेपाल राष्ट्र बैंकले १८ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आज सूचना प्रकाशित गरी यही जेठ १३ गते सोमबार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले बजारमा तरलताको व्यवस्थापन गर्न समय समयमा ट्रेजरी र रिपो बिक्री गर्दै आएको छ ।
यही जेठ ६ गतेसमेत बैंकले ट्रेजरी बिल बिक्री गरेको थियो ।