काठमाडौं : बिहीबार पोखरामा किङ्स लाउन्जले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । छोटो समयमा काठमाण्डौंमा पाएको व्यावसायिक सफलताका पछि पोखरामा पनि सेवा सुरु गरेको बताइएको छ ।
थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा पोखराको लेकसाइडमा पारिवारिक वातावरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले काठमाडाैंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने बताए ।
लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।
विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने बतााइएको छ ।
छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ । यही सफलतालाई केन्द्रमा राखेर पोखरासँगै मुलुकका अन्य शहरमा पनि बिस्तारै शाखा बिस्तार गर्दै लैजाने लाउञ्ज व्यवस्थापनले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६