काठमाडौं : रेमिट्यान्सको आकार २० प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार देशको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स चालु आर्थिक वर्ष २०७५/७६ मा २० प्रतिशतले बढेको देखिएको हो ।
अघिल्लो आर्थिकको यही अवधिको तुलनामा उच्च वृद्धिदर मानेर खुसी हुन सकिन्छ । तर, ६ महिनाअगाडिको वृद्धिदरसँग तुलना गर्दा दुःखी हुनुपर्छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ५ प्रतिशतको हाराहारीमा रहेको वृद्धिदर चालु आर्थिक वर्ष लागेपछि आकासिएको थियो । ६ महिनाअघि ४० प्रतिशतमा पुगेको वृद्धिदरमा अहिले केही सुस्तता देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६