काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानद्वारा साईप्रस जान लागेका ५ जनालाई अवैध रुपमा लुकाईछिपाई लैजान लागेको १२ हजार ३ सय युरो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने २९ वर्षीय सन्त बहादुर तामाङ, रसुवा पार्वतीकुण्ड गाँउपालिका-४ बस्ने २६ वर्षीया शोभा घले , सिन्धुली कमलामाई नगरपालिका-१० बस्ने क्रिष्टिना मगर, नवलपरासी हुप्सेकोट गाँउपालिका-३ बस्ने २६ वर्षीय रिसिप फाल र सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका-१ बस्ने २३ वर्षीया लाक्पा डोल्मा शेर्पा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा सन्त बहादुर तामाङको साथबाट ३ हजार ५ सय युरो, शोभा घलेको साथबाट २ हजार २ सय युरो, क्रिष्टिना मगरको साथबाट १ हजार ५ सय युरो, रिसिप फालको साथबाट ३ हजार ६ सय युरो र लाक्पा डोल्मा शेर्पाको साथबाट १ हजार ५ सय युरो सहित फेला पारी पक्राउ गरेको हो । आवश्यक अनुसन्धानको लागि उनीहरुलाई उक्त रकम सहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जनाइएकाे छ ।