काठमाडौं : आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार तोलाको ५९ हजार २ सय रुपैयाँले भइरहेको सुनको काराेबार आज भने ५ सय बढेर सो रकम कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य भने तोलाको ५९ हजार ४ सय रुपैयाँले काराेबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य ५८ हजार ९ सय सयले काराेबार भएको थियो ।
चाँदी भने तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य पनि ७ सय रुपैयाँमा भइरहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६