काठमाडौं : धादिङमा एकाएक माछा मर्न थालेपछि किसान चिन्तित भएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका हुन् ।
चार वर्षदेखि माछापालन गर्दै अएका किसान चन्द्र तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा मरेपछि दुर्गन्ध फैलिएको छ ।
तीन महिनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताए ।
टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको तामाङको भनाइ छ ।
वर्षको १ लाख ७० हजार भाडा तिरेर माछापालन गरिरहेका उनले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६