काठमाडों : बिहिवार सेयर बजार ५.८ अंकले घटेको छ । सेयर कारोबारमा लागि साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ५.०८ अंकले घटेर १३१४.५५ बिन्दुमा रोकिएको छ । १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता सेयर ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ । १२ समूहको कारोबारमा होटल ३५.८३, निर्जीबन बीमा कम्पनी ३.७१, अन्य ०.९२, माइक्रोफाइनान्स १.७ र म्यूचुअल फण्डको उपसूचक ०.०२ बिन्दुले बढेको छ ।
बैंकिङ ०.९५, जलविद्युत ६४.७८, जीवन बीमा समूहको उपसूचक ४४.५३ अंकले घटेको छ । कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । अप्परको १५ करोड ५९ लाख ६४ हजार ८४८ रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्ट्रिलरी र नेपाल बैंक रहेको छ । हिमालयनको ७ करोड ३ लाख ३४ हजार २३० रुपैयाँ र नेपाल बैंकको ६ करोड १४ लाख ७१ हजार ९९५ रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६