काठमाडौं : कृषि विकास बैंकले हितग्राही खातालाई ६ प्रतिशत बोनस सेयर जम्मा गरि दिएको छ । बैंकले गत फागुन १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयर धनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
फागुन १५ गतेपछि डिम्याट गराएका लगानीकर्ताको नगद पनि क्रमशः खातामा जम्मा गरिने बैंकले जानकारी गराएको छ ।
कृषि बैंकका अनुसार हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले डिम्याट गरेपछि मात्र बोनस सेयर पाउने जनाएको छ । कम्पनीले चैत १५ गतेको वार्षिक साधारणसभाबाट ६% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले वितरण भएको हो । यो बोनस नेप्सेमा सूचीकरणसमेत भइसकेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले खुद नाफा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ कमाएको छ ।
यस्तै, बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १० पैसा पुगेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६