काठमाडाैं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ५९ हजार २ सय रुपैंयाले कारोबार भइरहेको छ ।
बुधबार तोलाको ५९ हजार ४ सय रुपैयाँले भएको सुनको कारोबार आज भने झरेर सो रकम कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य भने तोलाको ५८ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको मूल्य ५९ हजार १ सयले कारोबार भएको थियो ।
चाँदी भने तोलाको ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । बुधवार चाँदीको मूल्य ७ सय ५ रुपैयाँ थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६