जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–३ महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन भएको छ ।
बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन् ।
स्थानीयवासीको श्रमदान तथा ७० लाख रुपैयाँको लागतमा बिजुली उत्पादन गरिएको हो । स्विट्जरल्यान्ड र अमेरिकाको आर्थिक र प्राविधिक सहयोग तथा ग्रामीण एकीकृत विकास सेवा (रिड्स नेपाल)को सहजीकरणमा महरी गाउँमा बिजुली उत्पादन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना तथा ५८ किलोवाट क्षमताको लुम जलविद्युत् आयोजनामा समेत गाउँपालिकाले झण्डै एक करोड रुपैयाँ लगानी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६