काठमाडौं : नेपालले भारतलाई बिद्युत बेच्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले यहि वर्षात देखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको हो ।
अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असार भित्र नेपालले एक हजार एक सय मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भदौ भन्दापछि आयोजनाहरुले शतप्रतिशत विद्युत उत्पादन गर्ने र त्यतीबेला सम्म थप केहि नयाँ आयोजना पनि सञ्चालनमा आइसक्ने हुँदा नेपालले २०० मेगावाट जति विद्युत भारत निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढि विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्न सकिने घिसिङले बताए ।
अहिले नेपालले भारतबाट औसत ३०० मेगावाट विद्युत आयात गरिरहेको छ । अन्य समयमा २०० मेगावाट मात्रै विद्युत आयात भइरहेको प्राधिकरणको दावी छ।
रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग हुँदा पनि २०० मेगावाट विद्युत भारतबाटै आयात भइरहेको छ। तर वर्षा सुरु भएसँगै विद्युत उत्पादन बढ्ने र रातको समयमा तत्कालै निर्यात गर्नुपर्ने भएको जनाईएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६