काठमाडौं : तीन विकास बैंकहरु मर्ज हुने भएका छन् । मिसन डेभलपमेन्ट बैंक,तिनाउ विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बिच मर्ज हुने मंगलबार सम्झौता भएको हो ।
यस अघि नै मर्ज सम्झौतामा रहेका मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको हो।
बैकहरुले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम जेठ ७ गते मंगलबार सम्झौता भएको नेप्सेले जनाएको छ।
यता तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात दुबै बैंकको चैत ४ गते देखि शेयर कारोबार नभएको जनाएको छ। हाल मिसनको ५७ करोड ६४ लाख, तिनाउको ५६ करोड ७७ लाख र नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।
नेपाल कम्युनिटी पनि मर्जर प्रकृयामा सहभागि हुने भएपछि जेठ ८ गते बुधबार देखि कारोबार रोक्का गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६