काठमाण्डौं : बुधवार नेपाली बजारमा सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँले कारोबार भइरहेको छ ।
मंगलवार तोलाको ५९ हजार २ सय रुपैयाँले भएको सुनको भाउ आज भने १ सय रुपैयाँ घटेर सो रकम कायम भएको सुनचाँदी महासंघले जनाएको छ ।
छापावाला सुनको मूल्य पनि हिजोको भन्दा १ सयले घटेर ५९ हजार ४ सय भएको छ ।यता चाँदी भने तोलाको ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६