काठमाडौं : मंगलबार शेयर बजारको परिसूचक नेप्से ४ अंकले बढेको छ । सो अंक बढेसँगै नेप्से एक हजार ३१२ अंकमा कायम भएको छ ।
आज १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २६७ रुपैयाँमा कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.११ अंकले बढेको छ । आज कारोबार भएका १२ उपसमूहमध्ये नौ उपसमूह बढेका छन् भने तीन उपसमूह घटेका छन्।
आज सबैभन्दा बढी कारोबार नेपाल बैंक आठ करोड, शिवम् सिमेन्ट छ करोड, बुटवल पावर कम्पनी पाँच करोड रुपैयाँको कारोबार भएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६