काठमाडाैं : नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने बताएको छ । बैंकले ऋणपत्रको अहिले ३ बजे बोलकबोल गर्ने र बुधबार भोली जारी हुने जनाइएको छ ।
यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, नेपाली नागरिक, बिमा कम्पनी लगायत संगठित संस्थाले खरिद गर्न पाउने जनाईएको छ । १ वर्ष अवधिमा रहेको ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट तय गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको साँवा २०८७ जेठ ८ गते भुक्तानी हुनेछ । ब्याज भने प्रत्येक ६–६ महिनामा हुनेछ । यो ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६