काठमाडौं : ताप्लेजुङमा हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेकाे परिवारलाई मेगा बैंकले बिमाबापत पाँच लाख रुपैँया प्रदान गरेको छ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैँयाको चेक हस्तारन्तरण गरिन् ।
मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बिमाबापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ –१०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। मेगा बैंकबाट रकम बुझेपछि स्वर्गीय घिमिरेकी पत्नी शिलुले ग्राहक वर्गको सुरक्षाका साथै अभिभावकत्व ग्रहण गरिदिएको भन्दै मेगा बैंकलाई धन्यवाद दिइन् ।
न्यूनतम एक सय रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्मचारी बचत खाता’मा बैंकले हरेक खातावालाको पाँच लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको बैंककी सिइओ खुञ्जेलीले जानकारी दिइन् ।
खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले अहिले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ योजना ल्याएको छ। जसमा एक लाख रुपैँयाको मेडिकल इन्स्योरेन्स र सात लाख रुपैँयाको दुर्घटना बिमा गरिएको उनले जानकारी गराइन्।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६