काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो २०७६ को उद्घाटन गरेका छन् ।
खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसँग सम्बन्धित भएको बताए ।
प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताए । ‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यसको प्रचारप्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलको पनि अवलोकन गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६