१९ चैत, काठमाडौं । काठमाडौँमा युरो–४ स्ट्यान्डर्डको डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । नेपालमा एक महिनाभन्दा अघिदेखि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो । यसअघि नेपालमा भारतबाट युरो–३ स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–४ मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाएको हो । भारतले पनि आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७३