काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सामाजिक न्याय,आर्थीक समृद्धि र दोहोरो अंकको आथीक वृद्धि हासिल गर्ने प्राथमिकताहरुमा सरकार प्रष्ट नभएको बताएृका छन् । आइतबार संसदमा जारी पुर्व बजेट छलफलका क्रममा उनले नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै अब उदारवादी बाटोमै जानुपर्ने बताए ।
सन् २०४० सम्म पहिलो विश्वमा पुग्ने हो भने तिव्र आर्थीक विकास गर्नुपर्ने डा.भट्टराईले बताए । उनले नेपालले आर्थीक वृद्धिमा जोड दिनुपर्ने र वितरणमा ध्यान दिनुपर्ने बताए ।
जाँगर चलाएर नीति तथा कार्यक्रमको दस्तावेज नल्याइएको बताउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले अर्थतन्त्रको मुल्यांकन राम्रोसँग नभएको, कतिपय कुरा तथ्यसँग मेल नखाएको पनि बताए । नीति तथा कार्यक्रममा संघीयताले पुर्ण पाइसकेको बताएपनि त्यसमा सत्यता नभएइको उनको भनाई थियो । ६.८ प्रतिशतको वृद्धिलाई लिएर दोहोरो अंकको आर्थीक वृद्धिको दाबी गर्नु गलत भएको पनि उनले बताए । त्यस्तै उनले निर्यातक्षेत्र सुधारउन्मुख भन्नु पनि सत्य नभएको बताए । ‘१० खर्बभन्दा बढीको व्यापार घाटा छ । राजस्वभन्दा बढी व्यापार घाटा हुनु अर्थतन्त्रका लागि कति सकारात्मक हो ?,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६