चितवन : देवघाटमा दाहसंस्कार गर्न लागिएका एक नवजात शिशुले सास फेरेपछि पुनः उपचारका लागि अस्पताल लगिएको छ ।
मकवानपुरकी एक अविवाहित महिलाले जन्माएकी शिशुलाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि शिशुलाई दाहसंस्कारका लागि आइतबार देवघाट लगिएको थियो । दाहसंस्कारका क्रममा सास फेरेपछि पुनः उपचारका लागि अस्पतालमा लगिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ती अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई अस्पतालले बचाउन नसक्ने भनेपछि आफन्तहरूले घर लैजाने भनेर देवघाटतिर लगेको प्रहरीले बताएको छ ।
दाहासंस्कारमा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान गर्न थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६