काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच आज पार्टी एकता भई समाजवादी पार्टी नेपाल घोषणा भएको छ ।
समाजवादी पार्टी नेपालले ४४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा रहेको केन्द्रीय समितिको वरिष्ठ नेतामा अशोक राई छन् । नयाँ पार्टीमा एक सहअध्यक्ष र ११ जना उपाध्यक्षको घोषणा गरिएको छ ।
पार्टी एकता घोषणासँगै पदाधिकारी घोषणा पनि गरिएको छ । आज घोषणा गरिएअनुसार संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टाराई रहनेछन् । पार्टीका केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव रहनेछन् भने वरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
यसरी नै उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, मो. लालबाबु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् ।
महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव रहेका छन् ।
यस्तै, उपमहासचिवमा डम्बर खतिवडडा, दानबहादुर विक र प्रकाश अधिकारी छन् भने सचिवमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, पर्शुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।
कोषाध्यक्षमा विजयकुमार यादवकोे नाम घोषणा गरिएको छ भने दुई पद खाली रहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६