काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको खस्कँदो अवस्थाबाट उक्सन पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरूको अधिवेशन गराउन जरुरी भइसकेको बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान सञ्चालन गर्नुको विकल्प नरहेको दाबी गरे ।
सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको आरोप लगाउँदै कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरे ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६