काठमाडाैं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सनराइज बैंक लिमिटेड काठमाडौंबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र सनराइजबैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री रत्न राजबज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धLजानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरु मार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथाआजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६