काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै अlर्थक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताएका छन् । ‘हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताएका छन् । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताए । ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं’, प्रधानमन्त्री ओलीले भने, ‘केही समय विभिन्न कारणले हामी पछि प¥यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।’
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६