काठमाडौं : अभिनेत्री रेखा थापाले चलचित्र निर्माण गर्दा नयाँ नयाँ फण्टा अपनाउछिन् । चर्चा पाउन वा अन्य कुनै कारणले गर्दा फरक फरक पात्रलाई लिएर चलचित्र निर्माण गर्ने गर्छिन । मालिकामा पश्चिमकी युवतीलाई लिएर होस वा हिम्मतवालीमा क्यानडा निवासी सुदर्शन गौतम (दुवै हात नभएका)लाई दिएकी थिईन । चलचित्र अभिनेत्री रेखा थापासँग मिलेर गौतमले बनाएको चलचित्रले राम्रो व्यापार गर्न सकेन । त्यसपछि ति दुईको सम्वन्ध पनि टुटेको थियो ।
विभिन्न बाटो प्रयोग गर्दै अमेरिका र क्यानडामा नेपालबाट १५ लाखसम्म लिएर लाने योजना केही युवाले विदेशमा अलपत्र पारेको सार्वजनिक गरेपछि यो प्रकृया सुरु भएको थियो । लगभग ८ महिनापछि उनलाई रेड कर्नर नोटिस जारी भएको हो ।
प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार इन्टरपोलका सदस्य रहेका लगभग दुई सय देशका प्रहरीको खोजीमा गौतम परेका छन् ।
हाइटी लगायतका देशमा विभिन्न व्यक्तिहरु अलपत्र परेका थिए । त्यसमध्ये हाइटीस्थित पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । अनुसन्धानकै क्रममा गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६