काठमान्डाै : प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काठमाडौ महानगरपालिका–३ खाडीपाखाबाट लागुऔषधसहित २६ वर्षीय विराज थापालाई बिहीबार राति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले झोलामा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा थापालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ थापासँग प्रहरीले फेनार्गन १०४ एम्पुल, नुर्फिन १०४ एम्पुल र डाइजेपाम १०४ एम्पुल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रसाईले बताए ।--रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६