डडेल्धुरा : डडेलधुरामा बुधबार बिहान भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६