काठमाडौं : संवैधानिक परिषद्बाट निर्वाचन आयोगको प्रमुखमा सिफारिस भएका दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस भएकी विष्णुमाया ओझामाथि आज सुनवाइ हुँदै छ।
संसदीय सुनुवाइ विशेष समितिले दिउँसाे बुधबार २ बजे बोलाएको बैठकमा उनीहरूमाथि सुनवाइ हुने समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिमा प्रस्तावित निर्वाचन आयोगका प्रमुख थपलियाविरुद्ध पाँचवटा उजुरी परेका छन् भने ओझाविरुद्ध एउटा पनि उजुरी परेको छैन । उजुरी दिने उजुरीकर्तासँग आजै छलफलपछि सुनवाइ हुने बताइएको छ।
समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरूको सुनुवाइ भने भोलि गर्ने भएको छ। उनीहरूविरुद्ध पाँचवटा उजुरी परेका छन् । न्यायपरिषद्ले हालै कानुन व्यवसायीहरू कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरू प्रकाश ढुंगाना र सुष्मालता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६