खोटाङ । खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
काठमाडौंबाट खोटाङको दिक्तेल जादै गरेको आउँदै ना४ख ७४११ नम्बरकको बस दुर्घटनामा परेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
घाइतेमध्ये चालकसहित सात जनालाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइदै छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६