काठमाडौ : आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढि बेरूजु हुने मन्त्रालयमा खानेपानी मन्त्रालय रहेको छ ।
रकमगत आधारमा सबैभन्दा बढी बेरूजु भएको अर्थमन्त्रालय रहेपनि लेखापरीक्षण गरिएको रकमको प्रतिशतको आधारमा खानेपानी मन्त्रालयको बेरूजु अधिक देखिएको हो ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको ५६ औं प्रतिवेदनमा खानेपानी मन्त्रालयको २६ अर्ब ८१ करोड ८२ लाख रूपैयाँको लेखापरीक्षण गर्दा ६ अर्ब ४ करोड ४० लाख रूपैयाँ बेरूजु भेटिएको हो ।
यो लेखापरीक्षण गरिएको कुल रकमको २२.५४ प्रतिशत बेरूजु हो ।
रकमगत आधारमा सबैभन्दा बढी बेरूजु भएको अर्थमन्त्रालयको भने ३.०१ प्रतिशत बेरूजु रहेको छ ।
मन्त्रालयको १ खर्ब ४९ अर्ब २३ करोड २२ लाख रूपैयाँको लेखापरीक्षण गर्दा ३१ अर्ब ५३ करोड ८५ लाख रूपैयाँ बेरूजु छ ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५