नेपाल र जर्मनबीचको कूटनीतिक सम्बन्ध र मित्रताको ६० वर्ष पुगेको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । दुबै देशले बिभिन्न कार्यक्रमगरी मित्रता दिवस मनाउने गरेका छन् । त्यसमध्ये नेपाल–जर्मनबीच ‘६० वर्षको कूटनीतिक सम्बन्ध बारेमा तस्विर–कथा प्रदर्शनी’ भईरहेको छ । जर्मनको लागि नेपाल के हो ? नेपालीको लागि जर्मनी के हो ? भन्ने कुराहरु फोटो प्रदर्शनीमा हेर्न पाइनेछ ।
प्रदर्शनीमा राखिएका फोटोहरु दिपक तोलाङ्गेले खिचेका हुन । जर्मन मै फोटो, भिडियोग्राफी पढेर फर्किएका हुन । फोटो प्रदर्शनी पुल्चोक क्यम्पस पाटनमा १२–२६ अप्रिलसम्म सञ्चालन हुने जनाइएको छ । फोटो प्रदर्शनीको आयोजना जर्मन दूतावास काठमाडौं र गोथे सेन्टरले गरेका हुन ।




प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५