काठमाडाै : यस बर्षबाट एक नेपालीको ऋणकाे भार ३१ हजार सात सय ५० रुपैयाँ पुगेको छ । शुक्रबार सार्वजनिक महालेखा प्रतिवेदनले गतबर्षभन्दा नेपालीहरुको ऋणको भार सात हजारले बढेको देखाएको हो ।
महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।
संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ । त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५