भोजपुर : प्रदेश १ मा रहेको पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि स्थानीय संघसंस्थाले बारा र पर्साका हावाहुरी प्रभावित परिवारका लागि बिहीबार राहत रकम संकलन गरेका छन् ।
सदरमुकाम आसपासका स्थानीयहरूबाट ५६ हजार ३७१ रुपैयाँ संकलन भएको बताइएको छ । नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र नागरिक समाज भोजपुरको संयोजनमा राहत रकम संकलन गरिएको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले बताए ।
जिल्लामा संकलित सो रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५