काठमाडौं : आइतबार राती आएको विनाशकारी आँधीबेहरीले ठूलो क्षति भएको बारा र पर्सामा देशकै ध्यान तानिएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरे । प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि गएका थिए । बाराको कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि प्रधानमन्त्रीसँगै घटनास्थल पुगेका छन् ।
हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा र पर्साका धेरै गाउँहरू उजाड बनाएको छ । धेरै घरवारविहीन भएका छन् ।
हेर्नुहोस् भिडियो र फोटो :
.jpg)






प्रकाशित मिति: सोमबार, चैत १८, २०७५