काठमाडौं : आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोबार रकममा समेत वृद्धि भएको छ । कुल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर ३५ करोड २८ लाख १० हजार ७५० रुपैयाँ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्र शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् ।
यस्तै, बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन् । कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको दुई करोड २० लाख ७८ हजार ८४ रुपैयाँ मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । यस्तै, प्रभु बैंकको दुई करोड ११ लाख २० हजार ५७८, एनएमबी बैंकको एक करोड ६३ लाख ५९ हजार ४१०, नेपाल बैंक लिमिटेडको एक करोड ३१ लाख ७७ हजार ७५७, महालक्ष्मी विकास बैंकको एक करोड १९ लाख ६० हजार ४७, एभरेष्ट बैंकको एक करोड १३ लाख ९६ हजार ९७६ रुपैयाँ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकका शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन् । यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७, कञ्चन डेभलपमेन्ट बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त वित्तीय संस्था ५.५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.४५ प्रतिशतले गुमाएका छन् ।