काठमाडाैं : नेपालका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स एसोसिएसनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
लगानी सम्मेलन समापनका क्रममा महासंघ र एसोसिएसनका पदाधिकारीहरुबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट अध्यक्ष रवि सिंह र म्यानमार लाइसेन्स एसोसिएसनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गरेका थिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, उद्योग मन्त्री मातृका यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गरेका हुन् । महासंघ अध्यक्ष सिंंहले म्यानमार लाइसेन्स एसोसिएसनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
लगानी सम्मेलनको क्रममा विभिन्न १५ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । कुल १५ वटा परियोजना मध्ये १३ वटा परियोजना लगानी समझदारी र दुईवटा परियोजनामा लगानी घोषणा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५