गान्धीनगर । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले शनिबार गुजरातको गान्धीनगर लोकसभा सिटमा उम्मेदवारी दिए ।
उम्मेदवारी दर्ताका क्रममा दिएको जानकारी अनुसार पछिल्लो सात वर्षमा उनको सम्पत्ति तीन गुणाले बढेको छ ।
उनले आफू र आफ्नी पत्नीको चल अचल सम्पत्ति ३८.८१ करोड भारतीय रुपैयाँ बराबर रहेको उल्लेख गरेका छन् । जुन सन् २०१२ मा ११.७९ करोड थियो ।
जसमा २३.४५ करोडको सम्पत्ति उनले आफ्नो परिवारको विरासतबाट पाएको दाबी गरेका छन् । अमित शाह दम्पत्तिको खातामा २७.८० लाख रुपैयाँ छ, यसबाहेक दुई जनाको ९.८० लाख रुपैयाँ ‘फिक्स डिपोजिट’ छ ।
उम्मेदवारी दर्ताका क्रममा आयकरको जुन फेहरिस्त बुझाइएको छ, त्यसअनुसार उनीहरुको वार्षिक आम्दानी २.८४ करोड रुपैयाँ छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५