काठमाडौं : गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ डलर अर्बपतिको सूचिमा परेका छन् । द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीअनुसार घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको छ ।
धनीहरुको सूची प्रकाशन गर्दै आएको ‘बीआरडब्लु रीच लिष्ट’ मा उनीहरुले यो वर्ष छलाङ मार्दै डलर अर्बपति बन्न सफल भएका हुन् । गुरुङ पत्नी जमुना अस्ट्रेलियाका धनीहरुको सूचीमा यसअघि नै थिइन् ।
अष्ट्रेलियाका धनीहरुको सूचीमा घले ८६औं र गुरुङ ८५ औं स्थानमा छन् । यो वर्ष मात्र घले दम्पत्तीको सप्मत्ती २३ करोड डलर थप भएको छ । योसागै उनीहरुले अष्ट्रेलियाका अर्बपतिहरुको सूचीमा परेका छन् ।
गत बर्ष उनीहरुको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थपिएको छ ।
उनीहरुको सम्पत्तिको मुख्य स्रोत मेलवर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी हो । तर, पछिल्ला दिनमा उनीहरुको धनीको सूचीमा फड्को मार्दै जानुमा भने ब्यबसायिक रियलस्टेट कारोबारको मुख्य योगदान रहेको द अष्ट्रेलियनले जनाएको छ ।
नेपालमा जन्मिएर सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा घले अष्ट्रेलिया पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५