न्युयोर्क । यमनको उत्तरपश्चिमी क्षेत्रमा हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ ।
किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै क्षेप्यास्त्र आक्रमण भएको हो ।
आक्रमणमा परी चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ । अस्पताल खुलेको करिब आधा घण्टा पछि सो हवाई आक्रमण भएको जनाइएको छ ।
सो समयमा कैयौं बिरामी र कर्मचारी अस्पताल पसिरमा आइपुगेका थिए । मारिएकाहरुका एक स्वास्थ्य कार्यकर्ता, उनका दुई बालबालिका र एक जना अस्पतालका सुरक्षा गार्ड रहेका छन् ।
गत वर्ष यमनमा हरेक महिना सरदर ३७ जना बालबालिका विदेशी हवाई बम आक्रमणमा मारिएका थिए ।
अस्पताल जस्तो जनघनत्व बढी भएको इलाकामा आक्रमण गरी निर्दोष बालबालिका र स्वास्थ्यकर्मीको ज्यान लिनु यो एक अविवेकी र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको सेफ द चिन्डेनको भनाई छ ।
इरानको समर्थन रहेको हुथी विद्रोहीले कब्जामा लिएको राजधानी साना सन् २०१४ मा फिर्ता लिएपछि यमनको द्वन्द्व शुरु भएको थियो । हुथी विद्रोहीले अदेल रब्बो मन्सुर हादीको सरकारलाई ढालेको थियो ।
साउदी अरबआवद्ध संयुक्त सेनाले हादीको सरकारलाई अन्तर्राष्ट्रिय रुपमा नै मान्यता दिएपछि हुथी विद्रोहीहरुले सन् २०१५ बाट सरकार विरुद्ध लड्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५