काठमाडौं : नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सरकारले चैत १५ र १६ गते गर्न लागेकाे लगानी सम्मेलनकाे तयारीबारे जानकारी गराइएकाे छ सम्मेलनका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले ४० मुलुकका ६०० लगानीकर्ताको सहभागिता रहने बताए ।
सम्मेलनका क्रममा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ गरी कूल ७७ वटा परियोजनामा लगानी प्रस्ताव गर्ने तयारी छ भने १२ वटा सम्झौतापत्रमा हस्ताक्षार गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले बताए ।
सरकारका नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउने, भएका कमी कमजोरीमा पृष्ठपोषण लिने, स्वदेशी लगानीकर्ता र विदेशी लगानीबीचको समन्वय गर्न भूमिका रहने अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।
लगानी सम्मेलनमा लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली संघ, निजी क्षेत्र, विषयविज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ ।
अर्थ मन्त्रालय, लगानी बोर्ड, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सहआयोजनामा सम्मेलन हुनेछ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५