काठमाडाैं : सेयर लगानीकर्ता दबाब समुहलाई प्रहरीले नेपाल स्टक एक्सचेन्ज परिसरबाट पक्राउ गरेको छ । पुँजी बजार सुधारका लागि ३२ बुँदे माग पूरा गराउन दबाब दिन चैत १० गते नेपाल धितोपत्र बोर्डमा शान्तीपूर्ण तालाबन्दीमा सरकारले दमन गरको भन्दै सोमबारबाट अनिश्चितकालीन रिले अनशन सुरु गरेको थियो ।

धर्नालाई शान्तिपूर्ण रुपमा अगाडी बढाउन खोज्दा दुुईवटा भ्यानमा प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत अनामनगरमा राखेकाे दबाब समूहका नवराज उप्रेतीले बताए । उनका अनुसार १३ जना मुख्य पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दबाब समूहका अध्यक्ष हरी ढकाल, महासचिव नयन बास्तोलाका साथै लगानीकर्ता दिपेन्द्र अग्रवाल, तिलक कोइराला, दिपक पाण्डे, राम थापा,शुस्मा ढुङगाना, प्रविना ज्ञवाली, पुरुषोत्तम सापकोटा लगायत रहेका छन् ।
हेर्नुस भिडियाे-
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५