काठमाडौं : लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः सोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंंकले आज एक सूचनामार्फत् जानकारी दिएको छ ।
बैंकका अनुसार चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै, चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब रुपैयाा बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यसअघि बैंकले यही चैत ४ गते १३ अर्ब ५१ करोड रुपैयाँ बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै, बैंकले आज मात्रै पाँच अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गरेको छ ।