८ चैत, काठमाडौँ । अमेरिकी पत्रिका फोब्र्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि छन् । चौधरी ग्रुपका अध्यक्ष चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोब्र्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो । सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए । यो वर्ष अर्बपतिहरुको सूचीमा २०४३ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । माइक्रोसफ्टका सह (संस्थापक उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३