नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) लाई लोकसभा निर्वाचनअघि ठूलो झट्का लागेको छ । पूर्वोत्तर भारतमा पछिल्ला दुई दिनमा २३ जना नेताले पार्टी परित्याग गरेका छन् ।
अरुणाञ्चल प्रदेशमा मात्रै दुई जना मन्त्री, ६ जना विधायकसहित २० जना नेताले मंगलबार भाजपा छाडेर नेशनल पिपुल्स पार्टी (एनपीपी) मा सामेल भएका छन् ।
गृहमन्त्री कुमार वाई, पर्यटनभन्त्री जरकार गामलिन, भाजपा महासचिव जरपुम गामबिनसहित विधायकले पार्टी छाडेर एनपीपीमा गएपछि राज्य विधानसभामा एनपीपीको संख्या अब १३ पुगेको छ ।
यद्यपि अझै पनि ६० सदस्यीय विधानसभामा भाजपाको समर्थनमा ४० जना विधेयक रहेका छन् । गत आइतबार भाजपा राज्य विधानसभाका लागि ५४ सिटमा आफ्ना उम्मेदवारको नाम घोषणा गरेको थियो । अ
रुणान्चल प्रदेशमा ११ अप्रिलमा दुई लोकसभा सिटसहित विधानसभा निर्वाचनका लागि मतदान हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५